श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख १६ गते मङ्गलबार, २९ अप्रिल २०२५, सिद्धार्थीनाम संवत्सर। वैशाख शुक्लपक्षको द्वितीया तिथि ०५ः४९ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र कृतिका ०७ः०२ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि   वृष, सूर्याेदय ०५ः२६ बजे र सूर्यास्त ०६ः३६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। कर्जामार्फत् धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ। अरूको सहयोगमा केही नगद बाहिरिने देखिन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा राम्रै फड्को मार्ने समय छ। रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्ने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेत गर्दा लक्ष्यअनुसार काम सम्पादन हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।