काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै स्थानीय बजारमा पनि सुनको भाउ इतिहासकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २,०५,९०० कायम भएको छ।
सोमबार प्रतितोला २,०५,३०० मा कारोबार भएको सुनको मूल्य आज थप ६०० ले बढेको हो। त्यस्तै, चाँदी प्रतितोला १५ ले बढेर २,४८५ पुगेको महासङ्घले जनाएको छ।
महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपाली बजारमा सुनको मागभन्दा पनि विश्व राजनीति र अर्थतन्त्रका उतारचढावका कारण मूल्य बढेको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल विश्व बजारमा सुन प्रतिऔंस ३,४९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुनको मूल्य इतिहासकै उच्च
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































