श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर २६ गते शुक्रबार, १२ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। पौष कृष्णपक्षको अष्टमी तिथि ०३ः१३ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तरफाल्गुनी भोलि ०६ः०४ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्योदय ०६ः४४ बजे र सूर्यास्त ०५ः१० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। व्यावहारिक अलमलले काममा बाधा पु¥याउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समयको सदुपयोग गर्न नसकिएला।आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। प्रतिफल हातलागी नहुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहो¥याउनु पर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।बेलैमा होस नपु¥याउँदा केही चुनौती झेल्नुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयको प्रतिकूलताले काम बिग्रन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौतीभित्र अवसर खोज्ने समय छ।प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले खर्च बढाए पनि मालसामान जोड्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज बाहिरिएको धन फिर्ता आउन मुस्किल पर्नेछ। समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुनसक्छ।