श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख ३ गते बिहीबार, १६ अप्रिल २०२६, रौद्रनाम संवत्सर । वैशाख कृष्णपक्षको चतुर्दशी तिथि १२ः३८ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र उत्तरभाद्र २ः१३ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः३८ बजे र सूर्यास्त ०६ः२८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ। आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि, पशुपालन तथा व्यापारमा मनग्य आयआर्जन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदै हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विभिन्न अवसरले पछ्याउनेछन् । दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कर्मयोगले मानसम्मानसमेत दिलाउनेछ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। गोपनीयतामा विशेष ध्यान पु¥याउनु होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ। नतिजा कमजोर देखिनाले काम दोहो¥याउनुपर्ने हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम बन्न समय लाग्नेछ। काममा जुट्नुपरे पनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।