श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख ८ गते मङ्गलबार, २१ अप्रिल २०२६, रौद्रनाम संवत्सर। वैशाख शुक्लपक्षको चतुर्थी तिथि भोलि ०१ः३८ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मृगशिरा भोलि १२ः१४ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि वृष, सूर्योदय ०५ः३३ बजे र सूर्यास्त ०६ः३१ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समय लागे पनि अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा दिलाउनेछ। आम्दानीका स्रोत बढ्ने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिरनले व्यक्तित्व निखार्ने हुँदा आकर्षक भइनेछ।कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपु¥याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थितिसमेत आउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राम्रै आम्दानी भए पनि परिस्थितिले खर्च गराउनेछ। सामान्य काममा पनि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।