वराहक्षेत्र । उदयपुरको चौदण्डीगढी नगरपालिकामा भएको विवादमा धारिलो हतियार प्रहार हुँदा एक जनाको मृत्यु भएको छ ।
वडानम्बर ७ सीतापाइला टोल निवासी ६४ वर्षीय ज्येष्ठ नागरिक महाशेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी निरञ्जन थापाले जानकारी दिएका छन् ।
आइतबार राति करिब ८ः१५ बजे भएको विवादका क्रममा छिमेकी ७३ वर्षीय रामप्रसाद राईले महाशेर राईमाथि धारिलो हतियार प्रहार गरेका थिए ।
छातीको माथिल्लो भागमा गम्भीर चोट लागेर सख्त घाइते भएका उनलाई उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो । तर चिकित्सकका अनुसार अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । पुरानो रिसइबीका कारण उनीमाथि आक्रमण भएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएका इन्स्पेक्टर प्रभातलक्ष्मण लिम्बूको टोलीले आरोपी रामप्रसाद राईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।