श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख ९ गते  बुधबार, २२ अप्रिल २०२६, रौद्रनाम संवत्सर। वैशाख शुक्लपक्षको पञ्चमी तिथि ११ः०६ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र आद्र्रा १०ः२७ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः३२ बजे र सूर्यास्त ०६ः३२बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

दिगो काम थाल्नाले आम्दानीका स्रोत बढ्नेछन्। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। भौतिक साधन प्राप्त हुनेछन्। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो काम सुरुवात हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा लगाव बढ्नुका साथै रचनात्मक कार्य सम्पादन गर्ने समय छ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कीर्तिमानी कामको यश लिने अवर प्राप्त हुनेछ। बाहिर आलोचना गर्नेहरूले पनि व्यवहारमा अवसर प्रदान गर्नेछन्। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आयस्रोत सबल बन्ने समय छ।अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। खर्च अभावले सताउन सक्छ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नयाँ काम थाल्ने र गरेका कामबाट लाभ उठाउने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सम्पादित कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सञ्चित रकम बाहिरिन सक्छ। परिस्थितिजन्य समस्याले दुःख पाइनेछ। स्वास्थ्यमा समस्या आउनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ।