श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख १० गते बिहीबार, २३ अप्रिल २०२६, रौद्रनाम संवत्सर। वैशाख शुक्लपक्षको षष्ठी तिथि ०९ः०६ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पुनर्वशु ०९ः११ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः३० बजे र सूर्यास्त ०६ः३३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ। विशेष उपहार हातलागी होला। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काम बन्नुका साथै दिन लाभदायक रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।