श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख १३ गते आइतबार, २६ अप्रिल २०२६, रौद्रनाम संवत्सर। वैशाख शुक्लपक्षको दशमी तिथि ०६ः२९ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र मघा ०८ः४६ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः२९ बजे र सूर्यास्त ०६ः३४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। अरूको फाइदाका लागि उपयोग भइनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ। मिहिनेतले आँटेको काम बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

शुभचिन्तकहरूको सहयोग जुट्नेछ । अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। कामबाट राम्रै प्रतिफल प्राप्त हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उद्योग र व्यापारमा फाइदा हुनेछ। कृषिमा कामको चाप देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।कामकाजले धनलाभ र मानसम्मान दिलाउनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखार आउनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेत गर्दा आयआर्जनका स्रोत बढ्नेछन् ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अध्ययनमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर जुट्नेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनमा लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यापारमा फाइदा हुनेछ। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला हुनाले क्रियाशील रहनुहोला।