श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख १४ गते सोमबार, २७ अप्रिल २०२६, रौद्रनाम संवत्सर। वैशाख शुक्लपक्षको एकादशी तिथि ०६ः३९ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पूर्वफाल्गुनी ०९ः३८ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः२८ बजे र सूर्यास्त ०६ः३५ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमै फाइदा लिन सकिनेछ। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
मिहिनेतले राम्रो नतिजा हातपार्न सकिनेछ।फाइदाको पछि लाग्दा नाम बिग्रन सक्छ। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूलाई दिने नभई भिœयाउने समय छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको साथ– सहयोग प्राप्त हुनेछ। व्यापारमा धेरै लाभ हुनेछ। 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ। रचनात्मक काममा जुट्ने समय छ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। यात्रा सफल होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै फाइदा हुने काममा सम्झौता गर्ने समय छ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।