धरान । इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौँमा मङ्गलबार पुरस्कार हस्तान्तरण गरेको छ ।

गत मार्च २ देखि मार्च २९ सम्म सञ्चालित चार हप्ते क्याम्पेन, ड्राइभर्स पार्टनर्सहरूको कार्यसम्पादन तथा सेवा गुणस्तरका आधारमा चालकहरूलाई  पुरस्कृत गरिएको हो । क्याब चालक वर्गका पेशल बुढाथोकी, बाइक÷मोटो चालक वर्गका साम्देन तामाङ र सरोज खतिवडालाई पुरस्कृत गरिएको हो । यस क्रममा थप १६ जना चालकलाई सामसङ ग्यालेक्सी ए १७ र चार जनालाई स्टेकेसन प्योजक प्रदान गरिएको छ ।

पुरस्कृतहरूले ‘प्लाटिनम’ स्तर कायम राख्नु निरन्तर अनुशासन र यात्रु सन्तुष्टिप्रतिको प्रतिबद्धतासँग जोडिएकाले आफू खुसी रहेको बताए । इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले सबै विजेताहरूलाई धन्यवाद दिइन् । चालकहरूको समर्पणलाई सम्मान गर्ने उद्देश्यले ‘प्लाटिनम ड्राइभर गिभअवे’ अभियान सञ्चालन गरिएको उनले बताइन् ।