श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल वैशाख २८ गते सोमबार, ११ मे २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको नवमी तिथि ०३ः४० बजेसम्म, उप्रान्त दशमी, नक्षत्र शतभिषा भोलि ०१ः४१ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः१७ बजे र सूर्यास्त ०६ः४३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। फलदायी यात्राको योग देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कमजोरी बाहिर आउनाले काममा समस्या पर्ला। समयको मागअनुसार चल्न नसक्दा व्यवहारमा पछि परिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक कामको जिम्मेवारी बढ्नेछ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेत गर्दा नसोचेको धनलाभ हुनसक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ।