विजयपुर । कोशी प्रदेशस्तरीय एसईई आइडलमा सिमरन गरुङ, बबी श्रेष्ठ र एलोन राई विजेता बनेका छन् ।


शुक्रबार* धरानमा सम्पन्न प्रतियोगितामा नवोदय विद्या मन्दिर धरानकी सिमरन वतिृत्वकला विद्यामा विजेता बनिन् । पब्लिक सेन्ट्रल इङलिस स्कुल लेटाङ मोरङका बबी श्रेष्ठ गायनतर्फ विजेता बने भने नृत्यमा एलोन विजेता बनेका हुन् ।


विजेता बनेकाहरूले उपाधिसँगै क्रमशः १ लाख रुपैयाँ तथा कक्षा–११ र १२ मा निशुल्क अध्ययन गर्न पाउनेछन् । यस्तै, निःशुल्क मुस्ताङ भ्रमण, बारिष्टा तालिमको अवसर प्रदान गरिने आयोजक फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए ।


उपाधि विजेताहरूलाई गायिका रचना रिमाल, गायक विकास तुम्बापो, प्रालिका अध्यक्ष तुम्बापो, इभेन्ट म्यानेजर रामबहादुर लिम्बूलगायतले पुरस्कार प्रदान गरे ।


गायनतर्फ शिशु निकेतन इङ्लिस बोर्डिङ स्कुल झापाका स्वस्थानी श्रेष्ठ फस्ट रनरअप बनिन् भने सिद्धार्थ शिशु सदन धरानकी तक्तुहाङ लिम्बू सेकेण्ड रनरअप बनिन् ।


पब्लिक मावि धरान–१३ की ह्याप्पीसन लिम्बू थर्ड रनरअप घोषित भए । यस्तै, गायनतर्फ नै पब्लिक च्वाइस अवार्ड बबी श्रेष्ठले जितिन् भने मोस्ट डिसिप्लीन रिन्छेन तामाङ, वेष्ट मोडर्न सङ सिङ्गर बन्दना तामाङ, वेष्ट पप सङ सिङ्गर आकाश कुलुङ, वेष्ट फल्क सङ सिङ्गर अजित राई, वेष्ट फेमिली सङ सिङ्गर जेनिशा खड्का र वेष्ट मेलोडी भ्वाइस सिङ्गर समीर मल्लिक घोषित भए ।


यस्तै, नृत्यतर्फ पर्वत सेकेण्डरी स्कुल धरानकी महिमा लिम्बू फस्ट रनरअप, पञ्चायत सेकेण्डरी स्कुल पथरी मोरङकी सुजाता घिसिङ सेकेण्ड रनरअप, पब्लिक हाइस्कुल धरानकी स्मारिका चेम्जोङ लिम्बू थर्ड रनरअप घोषित भइन् ।


नृत्यतर्फ पब्लिक च्वाइस अवार्ड रुचि लिम्बू युनाइटेड नेशनल स्कुल धरान, मोष्ट डिसिप्लिन गौरव राई हिमशिखर स्कुल तरहरा, वेष्ट हस्पिटालिटी फाइनलिष्ट रुचि लिम्बू युएन स्कुल धरान, वेष्ट फेमिली डान्सर मनिता योन्जन लामा श्री महेन्द्ररत्न मावि झापा, वेष्ट कल्चरल डान्सर जेशिका लिम्बू श्री शिक्षा सदन स्कुल धरान, वेष्ट एक्सप्रेसन फाइलिष्ट सोनिया राई लोटस विद्या विहार धरान, वेष्ट मोडल डान्सर शिक्षा थापा क्षत्री होलिल्याण्ड इङ्लिस स्कुल झापालाई प्रदान गरियो ।


वक्तृत्वकलातर्फ खुशी विष्ट फस्ट रनरअप मोडर्न प्रिपेटरी सेकेण्डरी स्कुल इटहरी, सेकेण्ड रनरअप अनुषा महरा ल्याबोरेटरी मावि धरान, थर्ड रनरअप हिमा घिमिरे एभरेष्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुल धरान घोषित भए ।


यस्तै, वक्तृत्वकलातर्फ नै पब्लिक च्वाइस अवार्ड प्रज्ञान कोइराला श्री सरस्वती सेकेण्डरी स्कुल झापा, वेष्ट थेमाटी स्पीकर प्रज्ञान कोइराला श्री सरस्वती सेकेण्डरी स्कुल झापा, वेष्ट अर्गुमेन्टेटिभ्स स्पीकर सन्तानु चौधरी धरान मेघा हिमालयन कलेज धरान, मोष्ट कम्फिडेन्स शुभम शाह डिपोट स्कुल धरान, द मोष्ट स्टाइलिस स्पीकर इशा खड्का सिद्धार्थ मेमोरियल स्कुल बराहक्षेत्र सुनसरी, नेचुरल स्पीकर हिमा घिमिरे एभरेष्ट चिल्ड्रेन होम सेकेण्डरी स्कुल, मोस्ट डिसिप्लिन स्पीकर अंकिता थापा हिमालयन इ.बो. स्कुल चतरा सुनसरी घोषित भए ।


फस्ट रनरअपको उपाधि जित्ने विद्यार्थीले तीनै विधातर्फ नगद ३० हजार, कक्षा–११ पूर्ण छात्रवृत्ति, सेकेण्ड रनरअपले २० हजार नगद, कक्षा–११ पूर्ण छात्रवृत्ति, थर्डले १० हजार, कक्षा–११ पूर्ण छात्रवृत्ति, पब्लिक च्वाइसले ७ हजार नगद कक्षा–११ पूर्ण छात्रवृत्ति पाउने छन् भने सहभागी सबैलाई कक्षा–११ मा पूर्ण छात्रवृत्ति पाउने कार्यक्रम व्यवस्थापक राम लिम्बूले जानकारी दिए ।


प्रतियोगिताको निर्णायकहरूमा गायनतर्फ गायक विकास तुम्बापो लिम्बू, संगीतकार विनायक राई, नृत्यतर्फ राष्ट्रिय कोरियोग्राफर प्रितम सम्वाहाम्फे लिम्बू, कोरियोग्राफर तथा नृत्य प्रशिक्षक रेश्मा राई, वक्तृत्वकलातर्फ डा. सुभाषचन्द्र न्यौपाने, प्राध्यापक दिव्या झा रहेका थिए । उपाधि विजेतालाई केही दिनपछि नगद प्रदान गरिने इभेन्ट म्यानेजर राम लिम्बूले जानकारी दिए ।


२०७५ सालदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले गरेका थिए । कार्यक्रममा चर्चित गायिका रचना रिमालले आफ्ना गीत प्रस्तुत गरिन् । कार्यक्रममा बोल्दै मन्त्री महतोले कोशी प्रदेशलाई नै समेट्ने गरी भएको कार्यक्रम विद्यार्थीका लागि फलदायी हुने बताए । उनले लागूऔषधमा अहिलेका किशोरकिशोरी फँसिरहेको बताउँदै प्रतिभा निखार्ने यस्ता कार्यक्रमले ठूलो सहयोगी भूमिका खेल्ने बताए ।


कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघा, युएन कलेजका प्रबन्ध निर्देशक ज्ञानेश्वर झापा, ब्लाष्ट टाइम्सका प्रधान सम्पादक राजकुमार कार्की, धरान–२० का वडाध्यक्ष पदम लिम्बू, नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष काफ्ले, एनएमबी बैंकका बिएम सन्दीप पोखरेल, लोन अफिसर पुनम श्रेष्ठ, इडेन एकेडेमीका प्रमुख मोहन तिगेला, चौधरी ग्रुपका कोशी प्रदेशका मार्केटिङ अफिसर रविन्द्र मास्के, सिल्भर इन्टरटेन्टमेन्टका सौरव श्रेष्ठ, माइपे भोटिङका कोशी प्रदेश इन्चार्ज सन्यम शाह, युएन केक एण्ड वारिष्ठका संयोजक गगनमान श्रेष्ठ, एसईई आइडलको कार्यक्रम निर्देशक सञ्जु माबो, बजार व्यवस्थापक जगत नेम्वाङलगायतको उपस्थिति थियो ।


कार्यक्रममा विद्यार्थी तथा अभिभावकको उपस्थिति थियो । २०७५ सालमा पहिलोपटक ‘एसइई स्टेट १ आइडल’ नामक प्रतियोगिता शुरु भएको थियो ।

WhatsApp Image 2026-05-23 at 8.32.37 PM

WhatsApp Image 2026-05-23 at 8.13.27 PMWhatsApp Image 2026-05-23 at 8.13.38 PM

WhatsApp Image 2026-05-23 at 8.21.00 PM

WhatsApp Image 2026-05-23 at 8.20.59 PMWhatsApp Image 2026-05-23 at 8.21.01 PM

WhatsApp Image 2026-05-23 at 8.32.37 PM

WhatsApp Image 2026-05-23 at 8.32.36 PM