धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत 'पिएसआरएन विद्यार्थी च्याप्टर' ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
धरानको भानुचोकमा आयोजित कार्यक्रममा ४५ जना लाभान्वित भएका छन् । डा. नुपुर थापाको नेतृत्वमा खटिएका विद्यार्थीहरूको टिमले उच्च रक्तचाप, मधुमेहलगायतको निःशुल्क जाँच गरेको छ । विशेषगरी अङ्ग्रेजी
महिना 'मे' मा 'मे मेजरमेन्ट मन्थ' को रूपमा मनाउँदै आएको छ । यसै क्रममा डा. थापाले स्वास्थ्य जाँचको क्रममा केही समस्या देखिएमा स्वास्थ्य सल्लाह र सचेतना गराएकी थिइन् ।
पिएसआरएनले केएचडिसीसँगको सम्बन्धनमा कार्यक्रम गर्दै आइरहेको छ । शिविरमा उच्च रक्तचापको ३ जना र मधुमेह बढ्दो क्रममा रहेका ५ जना नयाँ बिरामी फेला परेको जनाइएको छ ।
