दिवसका अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलगायत स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गरे ।
कोशी प्रदेश सरकार गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे । उनले परिवर्तनका संवाहक अग्रज नेताहरू, नागरिक समाज र आमजनताप्रति उच्च सम्मान प्रकट गरे ।
उनले सात दशक लामो आन्दोलन र बलिदानको जगमा निर्मित संविधानले नागरिक अधिकार, समानता र समावेशीतालाई संस्थागत गरेको छ । उनले यो केवल व्यवस्थाको परिवर्तन मात्र नभई जनतालाई सार्वभौम बनाउने ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।