विजयपुर । सरकारले कोशी करिडोर आयोजना अघि बढाउने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक बजेटमार्फत कोशी करिडोर आयोजना अघि बढाउने घोषणा गरेका हुन् । कोशीटप्पुदेखि कञ्चनजङ्घासम्मको क्षेत्रलाई समेटेर जैविक विविधता संरक्षण तथा स्वच्छ ऊर्जामा केन्द्रित योजना अघि बढाइने छ ।