विजयपुर। सरकारले झापाको मेचीनगर नगरपालिकामा एक सय आवासीय भवन निर्माण गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै राष्ट्रिय आवास कम्पनी लिमिटेडमार्फत आवासीय परियोजना सञ्चालन गरिने जानकारी दिएका हुन्। पहिलो चरणअन्तर्गत झापाको मेचीनगरमा एक सय वटा आवासीय भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री गर्ने जनाइएको छ।