विजयपुर । सरकारले दलित समुदायको परम्परागत सीप संरक्षण, आयआर्जन तथा प्रविधि स्तरोन्नति गर्न दलित केन्द्रित लगानी बढाउने घोषणा गरेको छ ।


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै दलित समुदायको आर्थिक सशक्तीकरणका लागि लगानी केन्द्रित गर्ने बताए ।


त्यस्तै, बालपोषण कार्यक्रमका लागि ३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । सरकारले बालबालिकाको पोषण १ हजार पुर्‍याएको छ ।