विजयपुर। सरकारले दलित बस्ती लक्षित ‘होमस्टे’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका सघन दलित बस्तीहरूमा नमुना होमस्टे सञ्चालन गरिने सरकारको योजना छ। दलित समुदायको परम्परागत सीप, कला तथा पेशाको संरक्षण र प्रवर्द्धनका लागि विशेष होमस्टे कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए।