विजयपुर । सरकारले सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ ।


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कर्मचारीको जीवनस्तर सुधार र महँगी समायोजनका लागि तलब वृद्धि गरेको बताए ।


नयाँ व्यवस्था अनुसार कुल वृद्धिमध्ये १० प्रतिशत आधारभूत तलब स्केलमा वृद्धि हुनेछ भने थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइनेछ । त्यस्तै, हाल दिइँदै आएको महँगी भत्ता यथावत रहनेछ । अर्थमन्त्रीले विगत चार वर्षमा तलब वृद्धि नभएको र सो अवधिमा १७.३ प्रतिशत महँगी वृद्धि भएको उल्लेख गरेका छन् ।