काठमाडौँ । सरकारले आगामी वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रमा रु एक खर्ब एक अर्ब ९५ करोड विनियोजन गरेको छ ।


सङ्घीय संसद्को संयुक्त बैठकमा आज आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रमा रु एक खर्ब एक अर्ब ९५ करोड बजेट विनियोजन गरिएको बताए ।


उनका अनुसार स्वास्थ्य बिमा कार्यक्रममा १५ अर्ब बजेट विनियोजन गरिएको छ । विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निःशुल्क औषधिलगायत स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि रु १३ अर्ब १५ करोड विनियोजन गरिएको अर्थमन्त्री डा. वाग्लेले बताए ।


कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत दुर्गम क्षेत्रमा ‘टेलिमेडिसिन’ सेवा विस्तार गरिने छ । ‘भिडियो कन्सल्टेसन’ मार्फत विशेष स्वास्थ्य सेवा सुनिश्चित गर्ने मन्त्री डा. वाग्लेले उल्लेख गरे । रासस