विजयपुर । गर्मि बढेसँगै इ इनरुवा नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई बिहानी सत्र (मर्निङ सिफ्ट) मा सञ्चालन गर्न अनुरोध गरेको छ।


नगरपालिकाले पत्राचार गर्दै  तराईमा गर्मी निकै बढेकाले दिउँसोको समयमा पठनपाठन गर्दा विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै बिहानी सत्रमा विद्यालय सञ्चालन गर्न अनुरोध गरेको हो ।


इनरुवा नगरपालिकाले सुनसरी सबै विद्यालयहरूलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ— विद्यालयहरूले आफ्नो भौतिक तथा व्यवस्थापकीय पक्षलाई ध्यानमा राखी सम्बन्धित विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराई पठनपाठनको कार्य बिहानी सत्रमा सञ्चालन गर्नुपर्ने´ उल्लेख गरेको छ ।


तर, बिहानी सत्रमा कक्षा सञ्चालन गर्दा दैनिक रूपमा तोकिएको कुल पठनपाठनको समय अवधि घटाउन पाइने छैन।  सूचनामा विद्यार्थीहरूको स्वास्थ्यको पूर्ण ख्याल राख्दै शैक्षिक सत्रलाई बाधा नपुग्ने गरी व्यवस्थापन मिलाउन विशेष अनुरोध गरिएको छ