विजयपुर । उदयपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।


मदन भण्डारीमार्गस्थित उदयपुरगढी गाउँपालिका–७ फुस्रे अधेरीमा ट्रकले ठक्कर दिँदा २८ वर्षीया मुना विकको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा गाईघाटबाट उदयपुरगढी–३ तर्फ गइरहेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुरगढी गाउँपालिका–३ की विकको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । प्रदेश–०१–००८६प९०७६ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँका मोटरसाइकल चालक यमबहादुर विक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


घाइते चालक यमबहादुरको भने हाल न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ट्रक चालक सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका–१ का खड्गबहादुर खड्कालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।