श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल साउन १२ गते मङ्गलबार, २८ जुलाई २०२६, रौद्रनाम संवत्सर। आषाढ  शुक्लपक्षको चतुर्दशी तिथि ०६ः३६ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र पूर्वाषाढा १ः२६ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः२४ बजे र सूर्यास्त ०६ः५५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
धर्म–कर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा दिगो काममा जग बसाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउनेछ। परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदा उठाउन निकै मिहिनेत पर्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उठ्नुपर्ने रकम प्राप्त हुनेछ।परिस्थिति अनुकूल रहनाले लक्ष्यप्राप्ति हुनेछ। केही फाइदा उठाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा प्रगति हुनेछ भने लेखनकलामा निखार आउनेछ। उपहार र खानपानले दिन आनन्दमय रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कामले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ।बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।