श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल साउन १३ गते बुधबार, २९ जुलाई २०२६, रौद्रनाम संवत्सर । आषाढ शुक्लपक्षको पूर्णिमा तिथि ०८ः२२ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र उत्तराषाढा ३ः५२ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रशमा राशि मकर, सूर्योदय ०५ः२५ बजे र सूर्यास्त ०६ः५५ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गोपनीयता भङ्ग हुनुका साथै धन बाहिरिन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला।सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानी भइरहे पनि खर्च बढ्नेछ। विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउला। वादविवादमा अघि नसर्नुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक साधन जुट्नेछ र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् ।