श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल साउन १७ गते आइतबार, २ अगष्ट २०२६, रौद्रनाम संवत्सर। श्रावण कृष्णपक्षको चतुर्थी तिथि ११ः३० बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पूर्वभाद्र ९ः४९ बजेसम्म, उप्रान्त उत्तरभाद्र चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः२७ बजे र सूर्यास्त ०६ः५२बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। पेसा–व्यवसायमा लगानी बढाउने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। दिगो कामको जग बसाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनुपर्ने हुनसक्छ।