श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल साउन १८ गते सोमबार, ३ अगष्ट २०२६, रौद्रनाम संवत्सर। श्रावण कृष्णपक्षको पञ्चमी तिथि ११ः११ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र उत्तरभाद्र १०ः१४ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः२८ बजे र सूर्यास्त ०६ः५१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुनसक्छ। सोखले खर्च बढाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।लगनशीलताले विशेष उपलब्धि दिलाउन सक्छ। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटले कीर्तिमानी दिलाउनेछ। परोपकारी काममा प्रवृत्त भइनेछ।काम गर्नुपरे पनि धेरैको उपकार गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। परोपकारी कामले प्रतिष्ठा दिलाउनेछ। 
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामका बाधा हट्नेछन्। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुने देखिन्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवहार अलि बिग्रन सक्छ। स्वास्थ्य पनि प्रतिकूल रहनेछ। काममा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरवादीहरू पछि हट्नेछन् भने सहयोगीहरू फेला पर्नेछन्। समुदायको हितमा राम्रै काम गर्न पनि सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रियजनसँग भेट हुनेछ। काम गर्न बिहानको समय बढी लाभदायक रहनेछ। परिस्थति पनि अनुकूल हुनेछ।