श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल साउन २४ गते आइतबार, ९ अगष्ट २०२६, रौद्रनाम संवत्सर। श्रावण कृष्णपक्षको एकादशी तिथि ११ः२३  बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मृगशिरा ०२ः५९ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः३१ बजे र सूर्यास्त ०६ः४७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। विरोधीहरूले काममा बाधा पु¥याउन सक्छन्। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

समयमा वचन पु¥याउन नसक्दा आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आयस्रोत कमजोर रहनेछ।पहिलेको सफलताले महŒवाकाङ्क्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

भेटघाट र खानपानमा समय व्यतीत हुनेछ। केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सानातिना घरेलु कामले अल्झाउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बेलामा होस नपु¥याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।