विजयपुर । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँ बजेट ल्याएको छ ।
बिहीबार कार्यवाहक प्रमुख तथा बजेट तर्जुमा समितिका संयोजक इन्द्रविक्रम बेघाले १९ औं नगर सभामा बजेट पेश गरेका हुन् । विवरणअनुसार नगर कार्यपालिकातर्फ २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार र वडा कार्यालयहरूतर्फ २८ करोड ७० लाख १४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानी व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।