विजयपुर । भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई केएल दुगड ग्रुपले खाद्यान्न सामग्री सहयोग गरेको छ ।

ग्रुपले पहिलो चरणमा रसुवा र नुवाकोटका बाढी प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री राहतस्वरूप उपलब्ध गराएको हो । राहत सामग्री जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको थियो । राहत सामग्रीमा प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, बिस्कुट, चिउरा, विभिन्न मसला लगायत दैनिक उपभोग्य खाद्य सामग्री रहेका छन् ।

विपद्का कारण दैनिक जीवनयापन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराई कठिन समयमा केही राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको ग्रुपले जनाएको छ । बाढीले सिर्जना गरेको कठिन परिस्थितिमा आधारभूत खाद्य सामग्रीसमेत जुटाउन समस्या भइरहेका प्रभावित परिवारको दैनिकीमा केही सहजता ल्याउने उद्देश्यले राहत उपलब्ध गराइएको ग्रुपको भनाइ छ । बाढीका कारण सडक सञ्जालमा क्षति पुगेको र यातायातमा समस्या रहेकाले थप राहत सामग्री चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्‍याइने ग्रुपले जनाएको छ ।

संकटको समयमा प्रभावित परिवारलाई मानवीय सहयोग प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको एक हिस्सा भएको पनि ग्रुपले जनाएको छ । भदौ १० गते आकस्मिक आएको बाढीले लाखौं मानिस प्रभावित बनेका  छन् ।

WhatsApp Image 2026-09-02 at 1.51.58 PM

WhatsApp Image 2026-09-02 at 1.52.13 PM 1