इटहरी । उच्च अदालत विराटनगर बारका पूर्वअध्यक्ष तथा वरिष्ठ कानुन व्यवसायी योगेन्द्रकुमार शर्मा न्यौपानेको ८० वर्षको उमेरमा निधन भएको छ।

न्यौपानेको २०८३ साल भदौ २९ गते बिहान ८ः२५ बजे आफ्नै निवास इटहरी–६, पिस जोज मार्गमा उपचारका क्रममा निधन भएको हो।

न्यौपाने विगत पाँच वर्षदेखि लिभर सिरोसिसबाट पीडित थिए। लामो समयदेखि उपचाररत उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि आफ्नै निवासमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएको छ।

स्वर्गीय न्यौपानेका पत्नी शारदा न्यौपाने, छोरा डा. योगेश न्यौपाने र छोरी इन्जिनियर उषा न्यौपाने हुन्।

उनको निधनले कानुन व्यवसायी तथा न्याय क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै आफन्त, सहकर्मी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गरेका छन्।

स्वर्गीय न्यौपानेको पार्थिव शरीरलाई आजै दिउँसो १ बजे उहाँकै निवास इटहरी–६, पिस जोज मार्गबाट अन्तिम संस्कारका लागि बुढीगंगा–इटहरी आर्यघाट लगिने भएको छ।