श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असोज २ गते शुक्रबार, १८ सेप्टेम्बर २०२६, रौद्रनाम संवत्सर। भाद्र शुक्लपक्षको सप्तमी तिथि १२ः१५ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र ज्येष्ठा २३ः१२ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः५० बजे र सूर्यास्त ०६ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। राम्रो मूल्य प्राप्त हुनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रियजन भेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सोखले मालसामान जुटाउन प्रेरित गर्नेछ।प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौड जिताउन सक्छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।