धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३, बञ्चरेमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ताङ्खुवाबाट धनकुटातर्फ आउँदै गरेको सुमो बञ्चरेमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय खुल्न सकेको छैन । दुर्घटनामा अन्य यात्रु परे नपरेको तथा दुर्घटनाको कारणबारे विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक उद्धार तथा अनुसन्धानको काम अघि बढाएको छ ।रासस