श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असोज ९ गते, शुक्रबार, २५ सेप्टेम्बर २०२६, रौद्रनाम संवत्सर। भाद्र शुक्लपक्षको चतुर्दशी तिथि २२ः१६ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र शतभिषा ११ः३३ बजेसम्म, उप्रानत पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः५३ बजे र सूर्यास्त ०५ः५५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्य धनलाभ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। श्रमको उच्च मूल्याङ्कन हुनाले आम्दानी बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्मस्थानमा प्रेरक तŒव बढ्नाले कर्मसाधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।परिबन्दले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आयस्रोत कमजोर बन्नेछ भने फजुल खर्च पनि बढ्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौतीभित्र अवसर खोज्ने समय छ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।






























