विजयपुर । सुनसरीको धरान–१२ स्थित धरान मेघा हिमालयन स्कुलमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
रानी आँखा अस्पताल प्रा.लि., विराटनगर–१५ को प्राविधिक सहयोग तथा धरान मेघा हिमालयन स्कुलको आयोजनामा शुक्रबार सम्पन्न शिविरमा करिब २ सय जना विद्यार्थी, शिक्षक तथा अभिभावकले आँखा परीक्षण गराए ।
शिविरमा आँखा परीक्षणपछि आवश्यक देखिएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो । साथै, शिविरमा परीक्षण गराएका बिरामीलाई चस्मा तथा आँखाको शल्यक्रिया आवश्यक परेमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको अस्पतालका काउन्सिलर कुनाल राउतले जानकारी दिए ।
विद्यालयमा आयोजित शिविरले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई आफ्नो आँखाको स्वास्थ्यबारे जानकारी लिन तथा समयमै समस्या पहिचान गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।

































