श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असोज १८ गते आइतबार ४ अक्टोबर २०२६, रौद्रनाम संवत्सर। आश्विन कृष्णपक्षको अष्टमी तिथि ०७:२९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पुनर्वशु २६:३० बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५:५८ बजे र सूर्यास्त ०५:४५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हातमा आएको रकम तत्काल खर्चनु पर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्दा आलोचित बन्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभचिन्तकहरूको साथ-सहयोगले काम बन्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले आकर्षण बढाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन नपरे पनि कुनै काम गर्नैपर्ने परिस्थिति आउन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ।

































