श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असोज २६ गते सोमबार १२ अक्टोबर २०२६, रौद्रनाम संवत्सर। आश्विन शुक्लपक्षको द्वितीया तिथि २१:१४ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र स्वाती २४:०८ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्योदय ०६:०२ बजे र सूर्यास्त ०५:३६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बिहानको समय सङ्घर्षपूर्ण देखिन्छ। आजको दिन मनोरञ्जनपूर्ण र उत्साहबर्द्धक रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार बढ्नेछ भने यात्रा गर्ने अवसर जुट्न सक्छ। केही भौतिक साधन प्राप्त हुनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिहानको समय सानोतिनो समस्यामा अलमलिनुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउपर्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतीहरूका लागि दिन उत्साहजनक नै रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धनमाल सुरक्षामा सजग रहनुहोला। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रा गर्दा स्वास्थ्यमा ध्यान दिनुहोला।बिहानको काम सन्तोषजनक नभए पनि विस्तारै मनको डर हराउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। योजना सार्वजनिक नगर्नुहोला। दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।





























