श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असोज २९ गते बिहीबार, १५ अक्टोबर २०२६, रौद्रनाम संवत्सर। आश्विन शुक्लपक्षको पञ्चमी तिथि २५:४३ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र ज्येष्ठा ३०:०४ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०६:०४ बजे र सूर्यास्त ०५:३३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

स्वास्थ्य कमजोर हुनाले काममा बाधा पर्न सक्छ। श्रमको कम मूल्य पाइनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्नेछन्। नयाँ जिम्मेवारी थपिए पनि लाभ लिन समय लाग्नेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सेवामूलक कार्यले प्रतिष्ठा बढाउनेछ। रोकिएका काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता हात लाग्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

यात्राको अवसर र आतिथ्य प्राप्त हुनुका साथै आम्दानीका स्रोत खुल्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रेम र मित्रताको बन्धन अझ प्रगाढ बन्नेछ भने विलासितामा रुचि बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ र प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। फाइदा हुने कामको थालनी हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सानो प्रयासले पनि ठूला आवश्यकताहरू पूरा हुनेछन्। भविष्यका लागि बलियो जग बस्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा सुरक्षित रहनेछ।  लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नजिकका साथीहरूसँग असमझदारी बढ्नसक्छ। समयमै सचेत नभए शुभचिन्तकसमेत टाढिन सक्नेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

विचार नगरी बोल्नाले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

भेटघाट र शिष्टाचारमा समय बित्नेछ। खानपानको सोखले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ।