धरान । सुनसरीको धरान उपमहानगरपालिका ८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट एक युवाको घटनास्थलमै ज्यान गएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार धनकुटाका दीपेन्द्रराज राईको घटनास्थलमै ज्यान गएको हो । उनी धनकुटाबाट इटहरीतिर जाँदै गरको अवस्थामा कोशी प्रदेश १–०२–०५९ प ३०९३ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आएको प्रदेश १–०२–००२ ख ०९५९ नम्बरको ठक्करले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको हो । 

३६ वर्षीय राई धनकुटा नगरपालिका ९ बेलहरावासी हुन् । प्रहरीले ट्रक तथा चालक भोजपुरको षडानन्द नगरपालिका–१३ बोयाका ३५ वर्षीय नानीकाजी श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।