श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असोज ३० गते शुक्रबार, १६ अक्टोबर २०२६, रौद्रनाम संवत्सर । आश्विन शुक्लपक्षको षष्ठी तिथि २७:४७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र जेष्ठा ०६:२३ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०६:०४ बजे र सूर्यास्त ०५:३२बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तत्काल ठूलो लाभ नदेखिए पनि भविष्यका लागि गरिएको श्रमले राम्रो प्रतिफल दिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य पक्ष केही कमजोर रहनेछ भने कठिन परिस्थितिसँग सम्झौता गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् भने भौतिक साधन जुट्नाले आम्दानीमा वृद्धि हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनुकूल परिस्थितिबीच विलासी वस्तुमा खर्च बढ्न सक्ने हुँदा व्यवहारमा विशेष सावधानी अपनाउनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यले पूर्ण साथ दिनेछ । काम गर्ने ऊर्जा तथा उत्साह जाग्नेछ। विशिष्ट पहिचान बनाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौतीहरू पन्छाउँदै प्रतिस्पर्धामा सहजै विजय प्राप्त हुनेछ। दिगो प्रकृतिका कार्यहरू अगाडि बढाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बुद्धिको सही उपयोग गरी पुराना उपलब्धिहरू जोगाउन सफल भइनेछ।शुभचिन्तकहरूको साथसहयोग पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाईंको लगनशीलताले काममा ठूलो उपलब्धि दिलाउनेछ भने पढाइलेखाइमा पनि प्रगति हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ लक्ष्य र दिगो फाइदा हुने कामको थालनी गर्न यो समय उत्तम छ। सन्तानको साथले विशेष लाभ गराउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हतारमा गरिएका निर्णयहरूले समस्या निम्त्याउन सक्ने हुँदा व्यवहारमा विशेष सजगता अपनाउनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक मतभेदले केही अवरोध सिर्जना गर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुन सक्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठूला अवसरहरू ल्याउनेछन्। तर बदलिँदो परिस्थिति अनुसार चल्न नसक्दा केही पछि परिने सम्भावना पनि छ ।

































