श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल कात्तिक १२ गते बिहीबार, २९ अक्टोबर २०२६, रौद्रनाम संवत्सर। कार्तिक कृष्णपक्षको चतुर्थी तिथि २६:१० बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र रोहिणी १५:३५ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्योदय ०६:१२ बजे र सूर्यास्त ०५:२०बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजनामा स्वयम् जुट्नुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।खर्च लागे पनि काममा लगानी बढाउने समय छ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दिगो योजनाका लागि ऋण लिने समय छ। उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। दोहोर्‍याएर प्रयत्न गर्नुपर्ला। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट फाइदा हुनेछ।