श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल कात्तिक १३ गते शुक्रबार, ३० अक्टोबर २०२६, रौद्रनाम संवत्सर। कार्तिक कृष्णपक्षको पञ्चमी तिथि २३:४७ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र मृगशिरा १३:५८ बजेसम्म, उप्रान्त आर्द्रा, चन्द्रमा राशि मिथुन, सूर्योदय ०६:१३ बजे र सूर्यास्त ०५:१९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। सभासमारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लेखन तथा अभिव्यक्ति कलामा निखार आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कमजोरीलाई सुधार गर्ने मौका छ। व्यवसायमा धनलाभ हुनेछ। कमजोरीलाई पनि सुधार गर्ने मौका छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छिमेकमा असमझदारी बढ्ने सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। यात्रा कष्टपूर्ण हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ्नेछ। रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
केही रकम हातलागी भए पनि आकस्मिक खर्चले धन सङ्ग्रहमा बाधा पुग्नेछ। दिन सामान्यरूपले बित्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरवादीहरूबाट सजग रहनुहोला। तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पछिका लागि गरिएको लगानीले पनि फाइदै दिनेछ।

































