श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल कात्तिक १५ गते आइतबार, १ नोभेम्बर २०२६, रौद्रनाम संवत्सर। कार्तिक कृष्णपक्षको सप्तमी तिथि १९:०५ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पुनर्वशु १०:३९ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६:१४ बजे र सूर्यास्त ०५:१८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छोटो समयमा पनि केही प्रतिफल पाइनेछ। तर विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गोपनीयताका लागि अलि चनाखो रहनुहोला । अध्ययनमा प्रगति हुनेछ भने लेखनमा निखार आउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। ज्ञानको भण्डार बढ्नेछ।रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ । आकर्षक उपहार प्राप्त हुन सक्छ। आलश्य गर्ने बानीले काम अधुरो रहन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पछिका लागि जग बसाउने समय छ।कामकाजमा खर्चनुपर्ने समय रहेकोले धेरै रकम जोहो गर्नुपर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्त तथा साथीभाइसँग सम्पर्क बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। दिगो योजनाका लागि ऋण लिनुपर्ने हुनसक्छ।

































