श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल कात्तिक १६ गते सोमबार, २ नोभेम्बर २०२६, रौद्रनाम संवत्सर। कार्तिक कृष्णपक्षको अष्टमी तिथि १६:५४ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पुष्य ०९:०७ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६:१५ बजे र सूर्यास्त ०५:१७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

नसोची निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुनसक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

काम बिग्रने डरले सताउनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। महŒवाकाङ्क्षी योजना गोप्य राख्नुहोला। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साथीभाइ टाढिनाले रोकिएको काम बनाउन समस्या पर्ला।  पहिलेको सम्झौता भङ्ग हुनसक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। प्रशस्त लाभ हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। समयमै काम सम्पादन हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। उपहारले उत्साह जगाउनेछ।