श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल कात्तिक १७ गते मङ्गलबार, ३ नोभेम्बर २०२६, रौद्रनाम संवत्सर। कार्तिक कृष्णपक्षको नवमी तिथि १४:५७ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र अश्लेषा ०७:४८ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६:१६ बजे र सूर्यास्त ०५:१६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

परिस्थिति आफ्नै लागि प्रतिकूल रहला। हड्बडले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्‍याउनु पर्ला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। महŒवाकाङ्क्षी योजनामा आफ्नैले बाधा पुर्‍याउलान्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला। सम्झौता भङ्ग हुनसक्छ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले नयाँ काम थालनी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रोकिएका काम बन्नाले हौसला बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शत्रु र प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अवसर प्राप्त भए पनि समयमा काम गर्न नसक्दा पछि परिनेछ। अरूको आलोचना गर्दा आफैलाई हानि हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा केही लाभांश मिल्नेछ। परिवारजनसँग भेटघाट हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।