श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल कात्तिक २० गते शुक्रबार, ६ नोभेम्बर २०२६, रौद्रनाम संवत्सर। कार्तिक कृष्णपक्षको द्वादशी तिथि ११:०९ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र हस्ता २९:५० बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०६:१८ बजे र सूर्यास्त ०५:१४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बिहानको समय सानोतिनो समस्यामा अलमलिनु पर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने देखिन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतीहरूका लागि दिन उत्साहजनक नै रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धनमाल सुरक्षामा सजग रहनुहोला। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रा गर्दा स्वास्थ्यमा ध्यान दिनुहोला।बिहानको काम सन्तोषजनक नभए पनि विस्तारै मनको डर हराउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। दिउँसोबाट दिगो काम प्रारम्भ गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम गर्न बिहानको समय अनुकूल हुनेछ। अग्रजको सहयोग लिँदा राम्रो हुनेछ। योजना सार्वजनिक नगर्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
थालेको काम बिग्रिए पनि मिहिनेत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुनसक्छ। काम सुरु गर्ने समय छ। स्वास्थ्यमा समस्या देखापर्नेछ ।

































