विजयपुर । धरानमा जारी प्रथम धरान अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ ।

धरान–१६ स्थित रंगशालामा भएको प्रतियोगिताको चौथो खेलमा नेपाल पुलिसले काँकडभिट्टा महिला फुटबल क्लबलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपाल पुलिसको जितमा रेखा पौडेलले व्यक्तिगत ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन् । त्यस्तै, सञ्जना लावती र मीना देउवाले समान एक–एक गोल थपेपछि पुलिसले फराकिलो जित हासिल गरेको हो ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको नेपाल पुलिसले पहिलो हाफमै ६ गोल गरेको थियो । खेलको १९औँ मिनेटमा सञ्जना लावतीले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् । त्यसपछि २७औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।

पुलिसले लगातार आक्रमण जारी राख्ने क्रममा रेखाले नै ३९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । ४२औँ मिनेटमा मीना देउवाले गोल थप्दै पुलिसको अग्रता ४–० मा पु¥याइन् । पहिलो हाफको अन्तिमतिर रेखा पौडेलले ४५औँ र ४६औँ मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गर्नुका साथै पहिलो हाफमै टोलीलाई ६–० को अवस्थामा पु¥याइन् ।

दोस्रो हाफ सुरु भएको आठौँ मिनेटमा रेखा पौडेलले व्यक्तिगत चौथो गोल गरिन् । त्यसपछि ४१औँ मिनेटमा पुनः गोल गर्दै उनले व्यक्तिगत गोल संख्या ६ पु¥याइन् । उनको उत्कृष्ट प्रदर्शनसँगै नेपाल पुलिसले ८–० को फराकिलो जित सुनिश्चित ग¥यो ।

डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित आठ क्लब सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ। व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।