प्रचण्ड पनि म्युजिक भिडिओमा !
धरान - ‘आँखा लाउने बैरीको शिर चुँडाउन नपरोस् ….खिया लाको खुकुरीलाई फेरी उदाउन नपरोस्…..’ बोलको गीतमा प्रचण्ड देखिन लागेका हुन् । प्रचण्डसँगै काठमाडौंमा कार्यरत एसएसपी सर्वेन्द्र खनाल र लोकबहादुर टण्डनलगायत पनि यो गितमा देखिदै छन् । । ‘आउ नेपाली जनताहरु देशको लागि जुट्नुपर्छ…. नयाँ नेपाल निर्माण गर्न हामी सबै उठ्नुपर्छ…. ’ भन्ने बोलको राष्ट्रवादी गीत गाएर चर्चामा आएका गायक तिलक बस्नेतको नयाँ गितमा प्रचण्ड सहितका केहि चर्चित व्यक्तिहरु देखिने भएका हुन् ।
यसअघि वस्नेतका गितमा नेताहरु प्रदिपकुमार ज्ञवाली र चन्द्र भण्डारी, पूर्व–मुख्य सचिव लिलामणी पौडेल, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, प्रचण्ड पुत्री रेणु दाहल, ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनलगायत देखिएका थिए ।
उनका भूकम्प पिडितप्रति समर्पित ‘गुहार दुःखीलाई मलम लगाईदेउ…’ र बागमती सरफाई अभियानको ‘खबरदार..खबरदार…. मन परी फोहर फाल्नेलाई…..’ भन्ने गीत पनि गाएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































