धरान–फिल्म निर्देशक भन्दा पनि नृत्य निर्देशनमा नाम कमाएका दिनेश पाख्रिनले किशोर किशोरीको प्रेमकथालाई जोडेर ‘टिनएज’ बनाउने घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रम बीच फिल्मको निर्माण घोषणा गरेका हुन ।  
नेपाली काग्रेसका युवा नेता हर्क देउवा तथा चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राई र बरिष्ट अभिनेत्री बसुन्धरा भुषालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा पाख्रिनले सबै कलाकार तथा फिल्म क्रियूलाई सार्वजनिक गरे ।
 सोमबारबाटै फ्लोरमा गएको यो फिल्मको कथा स्व बसन्तजंग रायमाझीको हो । चिनीमाया वाइवा, देविका खड्का र कृष्ण कुरुवाङ निर्माता रहेको फिल्ममा उदय सुब्बा, नरेशवीर शिंह, अञ्जली खड्गी, सरोजकुमार शाह, प्रतिक्षा खड्का, रविन खड्का, अर्जुन श्रेष्ठ, सरिता राजोपाध्याय लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
 
यसैबीच टिनएज दशैंको छेकोमा असोज २१ मा प्रदर्शनमा ल्याउने निर्माण टिमले घोषणा गरेको छ । यो मितिमा यसअघि नै भेट्रान निर्माता छबिराज ओझाको फिल्म ‘किस्मत–२’ रिलिज हुने घोषणा गरिसकेका छन् ।