ताप्लेजुङ / भनिन्छ शक्तिशाली भगवान अप्ठारा ठाँउमा हुन्छन् । पाथिभरा मन्दिर पनि निकै अप्ठारो ठाँउमा छन् । दैनिक हजारौ मान्छे दर्शन गर्ने जाने पाथिभरा पुग्ने बाटो अव भने सरकारले सजिलो बनाउने भएको छ । कच्ची बोटोलाई स्तरउन्नति गर्न सरकारले चासो देखाएको छ ।
दैनिक हजारौँको संख्यामा तिर्थयात्री हिड्ने मोटरबाटो कच्ची भएको कारण स्तर उन्नतिका लागि अर्थमन्त्रालयले यस वर्ष दश करोड रकम छुट्याएको छ ।
पाथिभरा जाने मोटरबाटो अन्तर्गत सुकेटार–पाथिभरा सडक खण्ड वर्षातको समयमा चल्न नसक्ने र तिर्थयात्रिले दर्शनका लागि कष्ठ भोग्नुपरेकोले यस सडकलाई बाह्रै महिना सञ्चालन हुने बनाउन बजेट छुट्टाएको हो । हाल सम्मकै सबै भन्दा बढी रकम दश करोड रुपैयाँ विनियोजन भएको उत्तर दक्षिण (ताप्लेजुङ ओलाङ्चुङगोला खण्ड) लोकमार्ग योजनाका प्रमुख कुबेर नेपालीले बताए ।
धार्मिक तथा पर्यटनको दृष्टिकोणले महत्वपूर्ण स्थल भएकाले क्षेत्रीय तथा पर्यटकिय महत्वका सडकहरु निर्माण तथा स्थर उन्नती गर्ने सरकारको योजना अनुरुप यस वर्ष यो क्षेत्रमा लगानि गरीएको र यो रकमले बहुवर्षीय ठेक्काको प्रकृयाबाट काम गरीने अर्थमन्त्रालय अन्तर्गत बजेट तथा कार्यक्रम महासाखाका शाखा अधिकृत भिमकान्त न्यौपानेको भनाई छ ।
सडकको ट्र्याक खनि लामो समय सम्म जोखिमपुर्ण रुपमा साना गाडिमात्र चल्दै आएको यस सडक खण्डको स्थर उन्नती गर्न सरकाले पनि यस वर्ष देखि चासो दिएकाले सरोकारवा संस्था सँग छलफल गरी केहि समयमानै ठेक्का आवाहान गरीने लोकमार्ग योजनाका प्रमुख नेपालीले बताए । नेपालीका अनुसार सडकको स्थर उन्नती अन्तर्गत यस क्षेत्रको सडकमा दुईवटा गाडि आवतजावत गर्न सक्ने र बाह्रै महिना चल्न सक्ने बनाईनेछ ।
दैनिक हजारौ तिर्थयात्रि आउने यस पाथिभरामा जाने मोटरबाटो सुकेटार सम्म कालोपत्रे भए पनि यस भन्दा माथि कच्ची र सानो बाटो हुँदा पिकप भ्यान बाहेक अन्य सवारी साधन सञ्चालन हुन सकेको छैन । पिकप भ्यान मात्र चल्दा भ्यान सञ्चालकहरुले मनोमानि रुपमा भाडा लिदा तिर्थयात्रि ठगिर्दै आएका छन् भने भनेको समयमा यातायातका साधन नपाउँदा उनिहरु ठगिदै आएका छन् ।
बाह्रै महिना पाथिभरा पुग्ने बाटो बनाउन सरकारले १० करोड लगानी गर्ने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































